काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य बढेको छ, भने चाँदीको मूल्यमा गिरावत आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ सय रुपैंयाले बढेको छ । नेपाली बजारमा मगंलबार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैंयामा कारोबार भइरहेको छ । भने सोमबार सुन प्रतितोला २ लाख ९८ हजार २ सय रुपैंयामा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्यमा भने गिरावट आएको छ ।चाँदीको भाउ प्रतितोला २५ रुपैंयाले घटेको छ ।चाँदी प्रतितोला ४ हजार ९९० रुपैंयामा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार १५ रुपैंयामा कारोबार भएको थियो ।


