CLI

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

अख्तियार स्रोतका अनुसार राहदानी छपाइसँग सम्बन्धित खरिद प्रक्रियामा अनियमितता भएको आरोपमा भइरहेको अनुसन्धानका क्रममा अर्याललाई नियन्त्रणमा लिइएको हो। उनलाई धनगढीबाट काठमाडौं आउने क्रममा सोमबार साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको बताइएको छ।

नियन्त्रणमा लिएपछि अर्याललाई अख्तियारको हिरासतमा राखिएको छ। मंगलबार बिहानदेखि आयोगको टंगालस्थित कार्यालयमा उनीसँग बयान लिने कार्य भइरहेको अख्तियारसम्बद्ध स्रोतले जनाएको छ।

अख्तियारले घटनाबारे औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन। तर, राहदानी खरिद तथा छपाइसम्बन्धी ठेक्का प्रक्रियामा भएका निर्णय र खर्चका विषयमा विस्तृत छानबिन भइरहेको स्रोतको भनाइ छ।

अनुसन्धानपछि प्राप्त प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने आयोगकी एक महिला अधिकृतले जानकारी दिएकी छिन् ।

Leave Your Comment

Related News