काठमाडौं । मंगलबार नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन, ३५५ वटा कम्पनिहरुको १ करोड ७ लाख ५९६ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैंयाँ पुगेको छ । सोमबारको तुकनामा कारोबार रकम घटेको छ । सोमबार कारोबार रकम ४ अर्ब ४१ करोड २० लाख रुपैयाँ थियो ।
त्यस्तै,सेन्सिटिभ इन्डेक्स १.४८ अङकले घटेर ४६४.६४ बिन्दुमा पुगेको छ। फ्लोड इन्डेक्स ०.५३ अङ्कले घटेर १८४.५७ बिनदुमा पुगेको छ ।
यस दिन ११ वटा उपसमुहहरु घटेका छन् भने दुई वटा उपसमुह मात्र बढको छ । बढ्नेमा म्युचुअल फन्ड ०.५ प्रतिशत र व्यापार ०.३१ प्रतिशतले बढेको छ । बैंकिङ ०.३२ प्रतिशत, विकास बैंक ०.४२ , वित्त ०.६२ , होटल एण्ड टुरिजम ०.१६, जलविद्युत ०.२८, लगानी ०.२७, बिमा ०.२०, निर्माण र प्रशोधन ०.१४, लघुवित्त ०.११, निर्जीवन बिमा ०.४०, अन्य ०.०६ प्रतिशतले घटेका छन् ।
यस दिन सबै भन्दा बढी कारोबार हुनेमा आँखु खोला जलविद्युत कम्पनी लिमिटेड रहेको छ । सो कम्पनीको ३१ करोड ९९ लाख ४५ हजार ९५ रुपैयाँको कारोबार भएको छ ।त्यस्तै , सिद्धार्थ बैंकको १८ करोड २७ लाख २ हजार ७१२ रुपैयाँको कारोबार भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको १५ करोड ५ लाख १९ हजार ७७२ रुपैयाँको कारोबार भएको छ ।


