ग्राण्डीमा आर्थोस्कोपी शल्यक्रिया गरेका बिरामीहरूको फुटसल प्रतियोगिता

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको हाडजोर्नी विभागअन्तर्गत रहेको आथ्र्रोस्कोपी तथा आथ्र्रोप्लाष्टिक विभागले आज आयोजना गरेको कार्यक्रममा सर्जरी गरेका विरामीले आफूलाई हिँडडुलमा धेरै सहज भएको बताएका हुन् ।

अस्पतालका आथ्र्रोस्कोपी तथा आथ्र्रोप्लाष्टिक विशेषज्ञ एवम् अर्थोपेडिक सर्जन डा विभुतीनाथ मिश्रले आथ्र्रोस्कोपी सर्जरी दुरविन पद्दतीबाट विभिन्न जोर्नीहरुको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्दती भएको बताए । सानो सानो प्वाल पारेर दूरबिनको सहयोगमा जाँच्ने र जाँच्दा देखिएका रोगको उपचार गर्ने प्रविधिलाई आथ्र्रोस्कोपी भनिने उनको भनाई थियो । उनले ग्राण्डी अस्पतालले हालसम्म अर्थोपेडिक सर्जरी सयभन्दा बढी गरिसकेको बताए । डा मिश्रले आर्थोस्कपिक प्रविधीद्वारा मानव शरीरमा भएको जोर्नीहरु जस्तै, घुँडा, कुम, कुहिनो, नितम्ब, खुट्टा र नाडीको जोर्नि भित्रको रोगको निदान र उपचार गर्न सम्भव हुने बताए ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डाक्टर विनोद विजुक्छेले सबै घुँडाका विरामीले घुँडा दुख्दैमा शल्यक्र्रिया गर्नुपर्छ भन्ने नरहेको बताए । ँकुनै रोग फिजियोथेरापीबाट र कुनै रोग औषधीबाट निको हुन्छ, दुबैबाट निको नभएका विरामीलाई बल्ल शल्यक्र्या गरिन्छ,”– उनले भने ।

उनले खेलकुदसँग सम्बन्धित चोटपटकलाई उपचार गर्ने विधि आथ्र्रोस्कोपी सर्जरी भएको बताए । उक्त सर्जरीबाट खेलाडीहरु पुन खेल क्षेत्रमा फर्कन सहज हुने गरेको डा विजुक्छेको भनाई छ ।

आथ्र्रोस्कोपी सर्जरी गरेका बिरामीहरुले पनि फुटबल खेल्न सक्छन र अन्य सामान्य दौड धुप समेत गर्न सक्छन भन्ने देखाउन डाक्टर, बिरामी र फिजियोथेरापीस्ट सहितको फुटसल प्रतियोगिता समेत आयोजन गरिएको थियो ।

लामो समयदेखि घुँडाको समस्या भएका विरामीले आथ्र्रोस्कोपी सर्जरी गरेपछि हिँडडुल गर्न सहज भएको बताएका छन् ।

कार्यक्रममा १२ वर्षदेखि घुँडाको समस्या देखिएका डिकेश मल्होत्राले आफूलाई फुटबल खेल्दा घुँडा सारै दुख्ने र डाक्टरकोमा जाँदा ठिक छ मात्र भन्ने गरेपनि रोग पत्ता लगाउन नसक्दा समस्या भएको बताए ।

”ग्राण्डीमा आएर घुँडा देखाउँदा आथ्र्रोस्कोपी सर्जरीको सल्लाह दिएपछि उक्त सर्जरी गर्दा मलाई ठिक भएको हो,”– उनले भने । १२ वर्षदेखि कुनै डाक्टरले नदेखेको समस्या ग्राण्डीले देखेर सन्चो बनाईदिएकोमा आफूलाई ज्यादै खुशी लागेको बताए ।

यस्तै, विश्मा राईको पनि घुँडा दुख्ने समस्या लामो समयदेखिको हो । हिँडडुल गर्न समस्या भएकी विश्मापनि ग्राण्डीमा आएर सर्जरी गरेपछि ठिक भए । उनले सर्जरी गरेको चार महिनापछि हिँडेर सगरमाथा आधारशिविर पुगेको आफ्नो अनुभव कार्यक्रममा सुनाए ।

पोखराका दीपक पौडेलको पनि आथ्र्रोस्कोपी सर्जरीबाट घुँडा दुख्ने समस्या कम हुँदै गएको छ । ँग्राण्डीका डाक्टर र नर्सको व्यवहारले मलाई चाँडो निको हुन मद्दत पुग्यो,”– उनले भने । उनको घुँडा लक भएको कारण घुँडाको केही भाग डाक्टरले खुर्केर फालेका थिए ।

नेपाल इनभेष्टमेन्ट मेगा बैँक जोरपाटी शाखाका शाखा प्रबन्धक दिवाकर चालिसे पनि ग्राण्डीले दिएको सेवाबाट सन्तुष्ट छन् । उनले उक्त अस्पतालका थेरापिस्टले दिएको सेवा सारै राम्रो लागेको प्रक्रिया दिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार