काठमाडौं । मित्रराष्ट्र चिनको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र चिन बीचमा आर्थिक, व्यापारिक तथा पूर्वाधार विकासका विविध क्षेत्रमा सहकार्य गर्ने महत्त्वपूर्ण सहमति भएको बताएका छन् । उनले चीनका विदेश मन्त्री वाङ्ग यीको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ ३१ देखि असार ३ गते (जुन १४ देखि १७) सम्म भ्रमण गरेका थिए ।
भ्रमणका क्रममा बेइजिङमा नेपाल र चीनका प्रतिनिधिमण्डलबीच गहन र उपलब्धिमूलक द्विपक्षीय वार्ता सम्पन्न भयो । बैठकमा नेपालका तर्फबाट एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धता दोहोर्याउँदै नेपाली भूमिलाई चीन विरोधी गतिविधिमा प्रयोग हुन नदिइने स्पष्ट पारिएको छ । चिनियाँ पक्षले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति दृढ समर्थन व्यक्त गर्दै नेपाल सरकारको सुशासन र आर्थिक विकासका प्राथमिकतामा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ । मन्त्री खनाल स्वदेश फिर्ता भए पश्चात परराष्ट्र मन्त्रालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
वार्ताका क्रममा दुई देशबीच पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेशन, पर्यटन र रासायनिक मल आपूर्ति जस्ता विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा परराष्ट्र्ले जनाएको छ न्त्रीले चीनका अन्य उच्च नेताहरू— सिपिपिसिसिका अध्यक्ष वाङ्ग हुनिङ्ग र आइडिसिपिसिका मन्त्री लिउ हाइसिङ्गसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरी दलहरूबीचको सहकार्य र द्विपक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा विचार आदान प्रधान भएको उल्लेख गरेको छ
चिनियाँ लगानी भित्र्याउन ‘लगानी सम्मेलन‘
भ्रमणका क्रममा बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गरेको ‘Investment Conference’ मा परराष्ट्र मन्त्री सहभागी भएका थिए । चिनियाँ व्यवसायी, उद्यमी र लगानीकर्तालाई नेपाल लगानी बोर्डका प्रतिनिधिले ‘Invest in Nepal: Opportunities, Incentives and Partnership Prospects’ विषयमा प्रस्तुतीकरण दिएका थिए ।
सम्मेलनलाई सम्बोधन गर्दै मन्त्रीले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी आपसी आर्थिक वृद्धि र समृद्धिको नयाँ अध्याय निर्माण गर्न आह्वान गरेका छन् । सो कार्नेयक्पारमा पनि लमा लगानी र व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याएका थिए ।


