काठमाडौं ।बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १०० रुपैयाँले घटेको छ ।यस दिन सुन तोलामा २ लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।बुधबार सुन प्रतितोला २ लाख ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीमा पनि ३५ रुपैयाँले घटेको छ । चाँदी तोलामा ४ हजार ९४५ रुपैयाँमा कोबार भइरहेको छ भने बुधबार चाँदी प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।


