RE
Global College

असर्फी, स्मारिका सिक्का र मेडालियनको बिक्रीमा कम्प्यूटर बिलिङ उपलब्ध हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असर्फी, स्मारिका सिक्का र मेडालियनको बिक्रीमा कम्प्यूटर बिलिङ उपलब्ध गराउने भएको छ। मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट बिक्री हुने विभिन्न प्रकारका असर्फी, स्मारिका सिक्का र मेडालियनको बिक्रीमा कम्प्यूटर बिलिङ उपलब्ध गराउने भएको हो।

ग्राहकले असर्फी, स्मारिका सिक्का र मेडालियन खरिदका लागि अनुरोध गर्दा अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने जस्तै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा नेपाली नागरिकताको प्रमाण पत्र नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रमध्ये कुनै एक उपलब्ध गराउनु पर्ने छ। यस्तै विदेशी नागरिकको हकमा राहदानी प्रस्तुत गर्नु पर्ने महाशाखाले जानकारी दिएको छ।

NECO

Leave Your Comment

Related News