CLI

गगन थापाले दिए रास्वपा सभापतिलाइ महाधिबेशनको शुभकामना

काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आजबाट सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रधम महाधिबेशनलाइ शुब कामना दिएका छन् । उनले रास्वपा सभापति रबि लामिछानेलाई संबोधन गर्दै शुभकामना दिएकान हुन । उनले भनेका छन्  राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा तपाईं र सम्पूर्ण रास्वपा परिवारलाई हार्दिक शुभकामना! उनले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटा लेख्दै रास्वपाको महाधिबेशनलाइ शुभकामना दिएका हुन् ।

कांग्रेस सभापति थापा लेख्छन् “पार्टी स्थापनाको छोटो अवधिमै राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा आफूलाई बलियो रूपमा स्थापित गरेको छ। तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यो यात्रा प्रशंसनीय छ।“

उनले थप यो महाधिबेशन रास्वपाका लागि विचार, संगठन र नीतिका दृष्टिले अझ परिपक्व, जिम्मेवार र दूरदर्शी दृष्टिकोण निर्माण गर्ने ऐतिहासिक अवसर भएको बताएका छन् ।

उनले थप यो महाधिबेशनबाट लोकतान्त्रिक मूल्य र अभ्यासहरूलाई आत्मसात् गर्न तथा संविधानप्रदत्त नागरिक अधिकारको संरक्षण गर्न पार्टीलाई वैचारिक रूपमा स्पष्ट, जवाफदेही र थप उत्तरदायी गराउन गति र ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा आफुले राखेको पनि उल्लेक गरेका छन् ।

 

 

Leave Your Comment

Related News