CLI

थोरै बढ्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा  सुनको मुल्य थोरै  बढेको  छ ।  साताको अन्तिम दिन शुक्रबार प्रतितोला २ लाख ८६ हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज साताको पहिलो दिन प्रति तोला २ लाक ८७ हजार ३ सय कायम भएको छ  । शुक्रबार  सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज  दिन चाँदीको भाउ पनि बढेको  छ । नेपाली बजारमा चाँदी ४० रुपैयाँले बढेको हो  । शुक्रबार चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा कारोबार भएकोमा आज साताको पहिलो दिन आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ९०  रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी ब्यबसायी महासंले जनाएको छ  ।

 

Leave Your Comment

Related News