RE
Global College

रास्वपाको महाधिवेशनमा सहभागी हुन गगन थापा चितवन पुगे

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी हुन नेपाली कांग्रेसका सभापति गगन कुमार थापा चितवन पुगेका छन्।

रास्वपाको निमन्त्रणालाई स्वीकार गर्दै थापा महाधिवेशनस्थल पुगेका हुन्। रास्वपाको पहिलो महाधिवेशन केहीबेरमा सुरु हुने तयारी छ।

महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूलाई समेत निमन्त्रणा गरिएको रास्वपाले जनाएको छ। सोही क्रममा कांग्रेस सभापति थापा महाधिवेशनमा सहभागी हुन चितवन पुगेका हुन्।

रास्वपाले आफ्नो पहिलो महाधिवेशनमार्फत पार्टीको भावी कार्यदिशा, संगठन विस्तार तथा नेतृत्व चयनलगायत विषयमा छलफल गर्ने कार्यक्रम रहेको बताएको छ।

NECO

Leave Your Comment

Related News