काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानी ४२ अर्बले घटेको छ ।
चालु आर्थिक वर्षको वैशाखसम्म बैंक तथा वित्तीय संस्थाहरुको ब्याज आम्दानी ४ खर्ब ६९ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४२ अर्ब ५० करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको ब्याज आम्दानी ४ खर्ब २६ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो ।
बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाए सँगै ब्याज आम्दानीमा कमी आएको हो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा कमी गर्दा आम्दानी समेत घटेको बैंकरहरु बताउछन् । चालु आर्थिक वर्षको वैशाखसम्म वाणिज्य बैंकको ब्याज आम्दानी ३ खर्ब ७५ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३५ अर्ब ६९ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको ब्याज आम्दानी ४ खर्ब ११ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको वैशाखसम्म विकास बैंकको ब्याज आम्दानी ४१ अर्ब ८० रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५ अर्ब ४४ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकको ब्याज आम्दानी ४७ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको वैशाखसम्म वित्त कम्पनीहरुको ब्याज आम्दानी ९ अर्ब २६ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वषको सोहि अवधिको तुलनामा १ अर्ब ९ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुको ब्याज आम्दानी १० अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।
पछिल्लो समय अर्थतन्त्र चलयमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाह समेत कमजोर रहेको छ, जसको असर ब्याज आम्दानीमा समेत परेको विज्ञहरु बताउछन् । बैंक तथा वित्तीय संस्थाले लगानी बढाउन नसक्दा ब्याजदर घटाउन पुगेका छन् जसको मारमा बैंक तथा वित्तीय संस्था परेको देखिन्छ । अर्कोतर्फ अर्थतन्त्र चलयमान हुन नसक्दा कर्जा असुली समेत बढ्न सकेको छैन भने बैंक तथा वित्तीय संस्थाको खराब कर्जामा समेत सुधार आउने सकेको छैन अर्कोतर्फ कालोसूचीमा पर्नेको संख्या समेत बढ्दा ब्याज आम्दानी खुम्चिन पुगेको विज्ञहरु बताउछन् ।


