CLI

रास्वपाका राजनीतिक, बिधान संशोधन लगायत ६ प्रस्ताव पारित गरेर निर्वाचन आयोगलाइ जिम्मेवारी हस्तान्तरण गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिबेशनको दोस्रो दिन आज बन्द सत्र सुनु हुन लागेको छ आजको बन्दसत्रको कार्यक्रममा ६ प्रतिबेदन पेश हुने र त्तस उपर छलफल पश्चात अनुमोदन  हुने रास्वपाका महामन्त्रि कविन्द्र वुर्लाकोटीले जानकारी दिएका छन् ।

आजको कार्यक्रममा अनुशासन आयोगको प्रतिवेदन प्रस्तुति र छलफल हुने छ अनुशासन आयोगको तर्फबाट रमाकान्त रिमालले आयोगको प्रतिवेनद पेस गर्नेछन् । त्तसपछि वित्तिय प्रतिवेदन र छलफल हुनेछ वित्तिय प्रतिबेदन कोषाध्यक्ष लिमा अधिकरीले प्रस्तुत गर्नेछिन् त्यसपश्चात संगठनात्मक प्रतिबेदन प्रस्तुति र छलफल हुनेछ संगठनात्मक प्रतिबेदन पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले पेश गर्नेछन् आजको कार्यक्रममा पार्टी केन्द्रको तर्फबाट विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछ सो प्रस्ताव सहमहामन्त्री विपिन कुमार आचार्यले ले प्रस्तुत गर्नेछन् ।

आजको महाधिबेशन हलमा रास्वपाको उपसभापति स्वणिम वाग्लेले अर्थ- राजनीतिक प्रस्तावना पेश गर्नेछन् भने पार्टी सभापतिले राजनीति प्रतिवेदन पेश गर्नेछन् त्यस पश्चात  आयोजक समितिको तर्फबाट सम्पुर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने कार्यसुची रहेको छ ।

Leave Your Comment

Related News