काठमाडौं ।नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्दि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १४०० रुपैयाँले बढेको छ । यस दिन सुन प्रतितोला २ लाख ८८ हजार सात सय रुपैयाँमा कारोबार भरहेको छ । भने आइतबार सुन तोलामा २ लाख ८७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको भाउ पनि बढेको छ । यस दिन चाँदी प्रतीतोला ४० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।भने हिजो ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।


