CLI

२६०० विन्दुमा झर्यो नेप्से, ४ अर्ब ४१ करोड कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार १४.४५ अंकले घटेर २६६०.०२ बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सेन्सिटिभ इन्डेक्स २.६०, फ्लोट इन्डेक्स ०.९८, र सेन्सिटिभ फ्लोट इन्डेक्स ०.८३ अंकले घटेको छ ।

१३ वटा उप समूह मध्य ११ वटा उपसमूह घटेका छन भने दुई उपसमूह घटेको छ । बैंक ०.४८, विकास बैंक ०.५७, होटेल र पर्यटन ०.६२, जलविद्युत ०.६२, लगानी ०.३२, जीवन बिमा ०.४६, निर्माण र प्रशोधन १.१०, लघुवित्त ०.३८, म्युचुअल फन्ड ०.४४, निर्जीवन बिमा ०.६४ र अन्य उपसमुह १.०२ प्रतिशतले घटेको छ । भने  वित्तिय ०.१९ र व्यापार ०.८१ प्रतिशतले बढेको छ ।

यस दिन कारोबार रकम भने ५ करोड रुपैयाँ बराबरले बढेको छ । ३३८ कम्पनीको एक करोड ७ लाख ७७ हजार ५८२ कित्ता सेयर ७२ हजार ९१७ पटक खरिद बिक्रि हुँदा ४ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । भने हिजो ४ अर्ब ३६ करोड २१ लाख रुपैयाँ कारोबार भएको थियो ।

यस दिन तक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड र याम्बालिङ हाइड्रोपावर लिमिटेडको सेयर १५ प्रतोशतले बढेको छ । त्यस्तै भुजुङ हाइड्रोपावर लिमिटेडको १४.६९ प्रतिशतले सेयर बढेको छ । र सीवाइसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको ९.९० प्रतिशतले सेयर मूल्य बढेको छ ।

यसैगरी यस दिन आँखु खोला जलविद्युत कमपनी लिमिटेडले २९ करोड ६२ लाख ३३ हजार रुपैयाँ कारोबार गरेको छ । सोपान फर्मास्युटिक्स लिमिटेडले १७ करोड २२ लाख ७१ हजार रुपैयाँको कारोबार गरेको छ । भने युनाइटेड मोडी हाइड्रोपावर लिमिटेडले ११ करोड ८२ लाख छ हजारको कारोबार गरेको छ ।

Leave Your Comment

Related News