काठमाडौं । रास्वपाको केन्द्रीय सदस्य पदमा ३८४ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । पार्टी निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक सूचीमा ३८४ जनाको उम्मेदवारी परेको उल्लेख छ ।
यी उम्मेदवारबाट रास्वपाको केन्द्रीय समितिमा ९९ जना निर्वाचित हुन्छन् । उम्मेदवार धेरै भएपछि निर्वाचनबाट ९९ जना छान्ने रास्वपाको तयारी छ ।


