RE
Global College

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड,कसरी हेर्ने नतिजा ?

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ अज बाँडफाँड भएको छ। कम्पनीको सेयर निष्काशन तथा  बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बिहीबार बिहान  सेयर बाँडफाँड गरेको हो।

कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणलाई  ७ लाख ५ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा २८ लाख ९४ हजार २ सय ३२ जनाको आवेदन परेको थियो । जस मध्ये २८ लाख ५० हजार २५ जनाको आवेदन मात्र योग्य भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको छ । जसअनुसार ७० हजार ५ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।

आईपीओको नतिजा Mero Share तथा CDSC and Clearing Limited को वेबसाइटमार्फत हेर्न सकिनेछ।

 

NECO

Leave Your Comment

Related News