काठमाडौं । निर्जीवन बीमा कम्पनीद्धारा बीमालेखा जारी गरी आर्जन गरिने बीमा शुल्क बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्षको ११ महिना (जेठमसान्तसम्म) बीमा कम्पनीहरुले २६ लाख ५१ हजार १० बीमालेखा जारी गरी ४४ अर्ब ३८ करोड ३४ लाख बीमाशुल्क आर्जन गरेका छन् ।
जुन गत आवको सोही अवधिको तुलनामा बीमा शुल्क आर्जन १३.७१ प्रतिशतले बढी हो । गत आवको ११ महिनामा बीमा कम्पनीहरुले ३९ अर्ब ३ करोड ४४ लाख बीमा शुल्क आर्जन गरेका थिए ।
मुलुकमा सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले उक्त आम्दानी गरेको प्राधिकरणले जनाएको छ । चालु आवको ११ महिनामा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेनस हुँदा सबैभन्दा कम नेशनल इन्स्योरेन्स रहेको छ ।
शिखर इन्स्योरेन्सले ५ अर्ब ६२ करोड ३६ लाख बीमा शुल्क आर्जन गर्दा त्यसपछि क्रमशः सगरमाथा लुम्बिनीले ४ अर्ब ७७ करोड ३९ लाख र हिमालयनन एभरेष्ट इन्स्योरेन्सले ४ अर्ब ७६ करोड ८ लाख बीमा शुल्क आर्जन गरेका छन् ।
आइजिआई प्रूडेन्सियल ३ अर्ब ९१ करोड २१ लाख , सिद्धार्थ प्रिमियर इन्स्योरेनसले ३ अर्ब ९२ करोड २ लाख र एनएलजी इन्स्योरेन्सले ३ अर्ब ७६ करोड १५ लाख बीमा शुल्क आर्जन गरेका छन् । नेको इन्स्योरेन्सले ३ अर्ब २८ करोड ५२ लाख, दि ओरिएण्टलले २ अर्ब ८० करोड २१ लाख, युनाइटेड अजोड २ अर्ब ७६ करोड ६१ लाख र सानिमा जिआईसी इन्स्योरेन्सले २ अर्ब ५५ करोड ५१ लाख बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ९७ करोड ७५ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब ६४ करोड ९४ लाख, राष्ट्रिय बीमा कम्पनी १ अर्ब ४२ करोड ५६ लाख र नेशनल इन्स्योरेन्सले १ अर्ब १९ करोड ७१ लाख बीमा शुल्क आर्जन गरेका छन् ।
११ महिनाको अवधिमा शिखर इन्स्योरेन्सले २ लाख ६८ हजार ६४४, सगरमाथा लुम्बिनीले २ लाख २३ हजार २१३ , हिमालयनन एभरेष्ट इन्स्योरेन्सले २ लाख ८१ हजार १७३ र आइजिआई प्रूडेन्सियल १ लाख ९० हजार ५९४ बीमालेखा जारी गरेको हो ।
सिद्धार्थ प्रिमियर इन्स्योरेनस २ लाख २५ हजार ७८४, एनएलजी इन्स्योरेन्सले १ लाख ८० हजार ४०३, नेको इन्स्योरेन्सले २ करोड ५१ लाख ७०४ र दि ओरिएण्टलले ३८ हजार २४५ बीमालेखा जारी गरेको हो ।
युनाइटेड अजोड ३ लाख ७८ हजार ९५१ , सानिमा जिआईसी इन्स्योरेन्सले १ लाख १४ हजार ७९० र नेपाल इन्स्योरेन्स कम्पनीले १ लाख ७६ हजार ११४ बीमा लेखा जारी गरेको हो ।
प्रभु इन्स्योरेन्सले १ लाख १३ हजार २४ , राष्ट्रिय बीमा कम्पनीले २७ हनार ५८८ र नेशनल इन्स्योरेन्सले २४ हजार १०७ बीमा लेखा जारी गरी उक्त बीमा शुल्क आर्जन गरेको हो । समिक्षा अवधिमा सबैभन्दा बढी बीमालेखा जारी गर्ने कम्पनीमा युनाइटेड अजोड, हिमालयन एभरेष्ट र शिखर निर्जीवन बीमा कम्पनी रहेको छ ।


