CLI

डेरी उद्योग संघको अध्यक्षमा निरञ्जन श्रेष्ठ चयन

काठमाडौं । देशभरका दुग्ध प्रशोधन उद्योगहरूको छाता संस्था ‘डेरी उद्योग संघ’  को १७ औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ कार्य समिति सर्वसम्मतरूपमा चयन गरेको छ।

संघको यस साधारण सभाबाट सुजल डेरी प्रालि पोखराका निरञ्जन श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका छन् । बुधबार काठमाडौंमा सम्पन्न संघको १७ औं वार्षिक साधारण सभाले सुजल डेरी प्रालि पोखराका सञ्चालक  श्रेष्ठको अध्यक्षतामा आगामी २ वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

त्यसैगरी संघको निवर्तमान अध्यक्षमा राजधानी डेरी ललितपुरका राजकुमार दाहाल रहेका छन् भने उपाध्यक्षमा आधुनिक डेरी काठमाडौँका विश्वराज बस्नेत चयन भएका छन् ।नवनिर्वाचित कार्यसमितिको  महासचिवमा जय श्री कृष्ण डेरी प्रालिका सुरज सापकोटा र कोषाध्यक्षमा संयुक्त डेरी फुड प्रालिका कुलप्रसाद घिमिरे चयन भएका छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा बीडीसी फूड तथा भवानी डेरी प्रालिका देवरथ बराल, सैजु डेरी प्रालिका जेनन सैजु, मदानी डेरी प्रालिका माधव दाहाल, एनएमसी डेरी उद्योगका रामचन्द्र उप्रेती, पंचशिल डेरी प्रालिका पुष्पराज बस्नेत र कालिका डेरी प्रालिका शिवप्रसाद त्यात चयन भएका छन् ।

Leave Your Comment

Related News