CLI

एक सातामा ७ हजार ६०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । पछिल्लो एक साताको अवधिमा सुनको मूल्यमा साढे ७ हजार भन्दा बढीको गिरावाट आएको छ । एक हप्ताको अन्तरमा सुन तोलाको ७ हजार ६०० रुपैयाँले घटेको हो ।

गत असार ५ गते शुक्रबार सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा त्यसको एक हप्तापछि असार १२ गते अर्थात शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य ७ हजार ६०० रुपैयाँले घटेर २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत असार ७ गते आइतबार ६०० रुपैयाँले बढेर सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असार ८ गते सोमबार पनि सुनको मूल्य १ हजार ४०० रुपैयाँ बढेर त्यसदिन २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, गत असार ९ गते मंगलबार भने एकैदिन सुनको मूल्य १ हजार ६०० रुपैँयाले घटेर २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । असार १० गते बुधबार पनि ३ हजार ६०० रुपैयाँले घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असार ११ गते बिहीबार पनि सुनको मूल्य घट्ने क्रम रोकिएन् । उक्त दिन सुन प्रतितोला ५ हजार २०० रुपैयाँले घटेर २ लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने असार १२ गते शुक्रबार भने सुन प्रतितोलामा ८०० रुपैयाँले बढेको थियो । उक्त दिन सुन प्रतितोला लाख २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Leave Your Comment

Related News