काठमाडौं ।विगत १५ दोन अघि मात्र युद्द बिराम गरेका इरान अमेरिकाले अन्तरिम शान्ति सम्झौता उल्लंघन गरेको आरोपमा खाडी (गल्फ) क्षेत्रमा एकअर्काविरुद्ध सैन्य आक्रमण बढाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले शान्ति सम्झौता उल्लघन गरेको आरोएमा सैन्य बललाई आर्मण गर्न दिर्देशन दिएपश्चात इरानले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा मिसाइल र ड्रोन प्रहार गरेको छ। विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा तेल ट्याङ्करमाथि आक्रमण भएपछि अमेरिकी सेनाले इरानी भूमिमा नयाँ हवाई आक्रमण गरेको थियो । त्यसको बदलामा इरानले अमेरिकी सैन्य बेस रहेका मध्यपुर्वका देशलाइ निशाना बनाएको हो।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले १४ बुँदे अन्तरिम सम्झौता गरेका थिए । तर, सम्झौताको मसी सुक्न नपाउँदै पुनः हिंसा र आरोप-प्रत्यारोपको शृङ्खला सुरु भएको छ।
ट्रम्पको चेतावनी: इरानको अस्तित्व नै मेटिन सक्छ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै कडा चेतावनी दिएका छन्, “एउटा यस्तो बिन्दु आउन सक्छ जहाँ हामी सम्झौताको पक्षमा रहन सक्ने छैनौं र हामीले निकै सफलतापूर्वक सुरु गरेको कामलाई सैन्य रूपमै पूर्णता दिन (तमाम गर्न) बाध्य हुनेछौं। यदि त्यसो भयो भने, इस्लामिक रिपब्लिक अफ इरानको अस्तित्व नै रहने छैन “
ट्रम्पको यो पोस्ट लगत्तै कुवेतको सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले ‘शत्रुतापूर्ण’ मिसाइल र ड्रोन आक्रमणको सामना गरिरहेको जनाएको छ भने बहराइनमा पनि खतराको साइरन बजाइएको त्यहाँको गृह मन्त्रालयले पुष्टि गरेको छ।
इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (IRGC) ले अमेरिकी आक्रमणको जवाफमा आफ्ना सेना र वायुसेनाले संयुक्त रूपमा कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य केन्द्रहरूलाई लक्षित गरी मिसाइल र ड्रोन प्रहार गरेको दाबी गरेको छ। यद्यपि, अमेरिकी अधिकारीहरूले आक्रमणको पुष्टि गरे पनि हालसम्म कुनै अमेरिकी सैनिकको हताहती वा ठूलो क्षतिको विवरण नआएको बताएका छन्।
इरानी गार्ड्सले सरकारी टेलिभिजन प्रेस टिभीमार्फत विज्ञप्ति जारी गर्दै अमेरिकी आक्रमणले युद्धविरामको उल्लंघन गरेको र यसले ‘सबै कूटनीतिक प्रक्रिया पूर्ण रूपमा ठप्प पार्ने’ चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ,
अर्कोतर्फ, अमेरिकी सेन्ट्रल कमाण्ड ले शनिबार पनामाको झण्डा समातेको एक व्यापारिक तेल ट्याङ्करमा इरानी ड्रोनले आक्रमण गरेपछि आफूहरूले नयाँ प्रतिशोधात्मक कारबाही गरेको जनाएको छ। सेन्ट्रल कमाण्डले भनेको छ, “इरानलाई युद्धविराम सम्झौताको सम्मान गर्ने अवसर दिइएको थियो, तर उसले त्यसो गरेन। व्यापारिक जहाजहरूमाथिको निरन्तर इरानी आक्रामकताको जवाफमा हामीले इरानको सैन्य निगरानी, सञ्चार, हवाई प्रतिरक्षा र ड्रोन भण्डारण केन्द्रहरूमा आक्रमण गरेका हौं।“
इरानी सञ्चारमाध्यमहरूले दक्षिणी इरानको सिरिक क्षेत्रमा शक्तिशाली विस्फोटका आवाजहरू सुनिएको बताएका छन्। यसैबीच, इरानी गार्ड्सले भनेका छन्, “सिरिकमा अमेरिकाले गरेको अन्धाधुन्ध प्रहारले स्ट्रेट अफ हर्मुजमा हाम्रो वर्चस्वलाई कमजोर बनाउन सक्दैन।”
स्ट्रेट अफ हर्मुज र लेबनानमाथि नियन्त्रणको प्रतिष्पर्धा
विश्वको कुल तेल र एलएनजी आपूर्तिको एक-चौथाई हिस्सा ओगट्ने ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गमाथि नियन्त्रण जमाउन इरानले फेरि प्रयास गरिरहेको छ। युद्ध सुरु भएदेखि नै तेल बोकेका सयौं जहाजहरू खाडी क्षेत्रमा रोकिएका छन्।
अमेरिकाले ओमानको तट हुँदै दक्षिणी मार्ग प्रयोग गर्न जोड दिइरहेको छ भने इरानले आफ्नो नियन्त्रणमा रहने गरी उत्तरी मार्ग प्रयोग गराउन चाहन्छ, जहाँ उसले जहाजहरूबाट शुल्क समेत उठाउने योजना बनाएको छ।
खाडी क्षेत्रको तनावबाहेक, इरानले अमेरिकामाथि लेबनानमा युद्धविराम कायम राख्ने आफ्नो शान्ति सम्झौताको प्रतिबद्धता उल्लंघन गरेको आरोप समेत लगाएको छ। गत मार्चमा अमेरिकी सहयोगी इजरायलले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई निशानी बनाउँदै लेबनानमाथि आक्रमण सुरु गरेको थियो।
सम्झौताप्रति हिजबुल्लाह मात्र नभई लेबनानका आम शिया समुदायमा समेत आक्रोश बढ्दै गएको छ, किनकि इजरायली कब्जामा रहेका क्षेत्रहरूबाट विस्थापित भएका लाखौं लेबनानीहरू अझै पनि आफ्नो घर फर्कन पाएका छैनन्। दुई देशका अधिकारीहरूले वार्ताको टेबलमा आउनुको साटो सैन्य बल प्रयोग गर्न थालेपछि यो अन्तरिम शान्ति सम्झौता पूर्ण रूपमा भत्किने खतरा बढेको छ।


