काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्यमा लगाएको करले उपभोक्तालाई धेरै असर नपर्ने दाबी गरेका छन् । आजको प्रतिनिधिसभको वैठकमा विनियोजन विधयेक माथि छलफलको क्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो कुर बताएका हुन् ।
उनले बजेटले ल्याएका कैयौ विषयमा बामपन्थी सांसदले सरकारको जयजयकार गर्नुपर्नेमा विरोध गरेको भन्दै गुनासो गरेका छन् ।
सरकारले ल्याएको बामपन्थी सरकारले गर्न खोजेर नसकेको काम यो सरकारले गरेको उनको दाबी रहेको छ । २०६४ सालमा सुरु भएको काम बीचमा थेग्न नसेर छोडेनको उनको भनाइ छ ।
उनले सांददले उठाएको प्रशनको जफाफ दिने क्रममा निजी विद्यालयमा १० हजार खर्च गर्नेको करिब ३०० मात्रै थप खर्च हुने दाबी गरे । त्यो ३ सय रुपैयाँ सामुदायिक विद्यालयमा खर्च गर्ने उनले बताए ।
अहिले बजेटमा ल्याएको व्यवस्थाले पुँजीगत खर्चमा ठूलो परिवर्तन आउने उनको दाबी रहेको छ । उनले चालु आवमा पुँजीगत खर्च ५० प्रतिशतको हाराहारीमा मात्रै हुने बताए । नेपाललाई उद्यमशिलता विकास गर्न आर्थिक ऐनमा दफा ४६ रहेको उनको भनाइ रहेको छ ।


