CLI

प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाले सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३  बहुमतले पारित गरेको छ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विधेयकमाथि दफावार छलफल सम्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले बहुमतबाट विधेयक पारित भएको घोषणा गरेका हुन्।

विधेयकमाथिको दफावार छलफलमा सांसदहरू प्रकाशचन्द्र परियार, गुरुप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, कमल सुवेदी, चन्देश्वर मण्डल, यसुदाकुमारी बराल, भरतबहादुर खड्का, पार्वती बिक, महेन्द्र शाही, हरिमोहन भण्डारी र बलावती शर्माले भाग लिएका थिए। छलफलका क्रममा विभिन्न सांसदहरूले संशोधन प्रस्ताव पनि दर्ता गरेका थिए।

छलफलको अन्त्यमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू प्रकाशचन्द्र परियार, कमल सुवेदी र हरिमोहन भण्डारीले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिए। अन्य सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू भने अस्वीकृत भएका थिए।

यसअघि सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था संशोधन गर्न अध्यादेश जारी गरेको थियो। सोही अध्यादेशलाई प्रतिस्थापन गर्ने उद्देश्यसहित सरकारले प्रतिनिधिसभामा प्रतिस्थापन विधेयकका रूपमा उक्त विधेयक पेस गरेको थियो। प्रतिनिधिसभाबाट पारित भएसँगै विधेयक अब राष्ट्रिय सभामा छलफल तथा पारित प्रक्रियाका लागि जानेछ।

Leave Your Comment

Related News