CLI

सहुलियत पूर्ण कर्जा : साढे ८२ अर्ब वितरण गर्दा वाणिज्य बैंकको मात्रै ७१ अर्ब , अन्य संस्थाले कति गर्यो वितरण ? (विस्तृतमा)

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको १०  महिनाको अवधि (साउन दखि वैशाखसम्म) मा साढे ८२ अर्ब सहुलियतपूर्ण कर्जा वितरण गरेको छ भने ४३ अर्ब वितरण गर्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा सहुलियतपूर्ण कर्जा ८२ अर्ब ६१ करोड ६० लाख वितरण गरेको छ । उक्त कर्जा ५४ हजार ३२१ जना ऋणीलाई कर्जा वितरण गरिएको हो ।

समिक्षा अवधिमा व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ५० अर्ब ४२ करोड ६ लाख , शिक्षित युवा स्वरोजगार कर्जा १ करोड ६९ लाख , विदेशबाट फर्केका युवा परियोजना कर्जा १ करोड ३९ लाख, महिला उद्यमशील कर्जा ३१ अर्ब १७ करोड ५७ लाख, दलित समुदाय व्यवसाय विकास कर्जा २१ करोड ७१ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा १ करोड ३९ लाख, भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा १८ लाख , कपडा उद्योग सञ्चालनका लागि कर्जा ६१ करोड ६१ लाख र युवा वर्ग स्वारेजगार कर्जा १ करोड ४७ लाख वितरण गरिएको छ । उक्त कर्जाहरु क्रमशः २२ हजार २९२ जना, ८४ जना, ४१ जना, १८१ जना, ३१ हजार ३४९ जना, ३०० जना, ३९ जना, ६ जना, ६६ र ४७ गरी कुल ५४ हजार ३२१ जनालाई उक्त कर्जा प्रजाह गरिएको हो ।

समिक्षा अवधिमा व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ३४ अर्ब ७ करोड ९१ लाख , शिक्षित युवा स्वरोजगार कर्जा ४७ लाख ८२ हजार , विदेशबाट फर्केका युवा परियोजना कर्जा ३ करोड ८ लाख , महिला उद्यमशील कर्जा ८ अर्ब ४२ करोड ४८ लाख , दलित समुदाय व्यवसाय विकास कर्जा ६ करोड ९९ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ९ लाख ८१ हजार, भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा ४७ करोड ७ लाख, र युवा वर्ग स्वारेजगार कर्जा ५२ लाख १३ हजार गरी कुल ४३ अर्ब ९ करोड २ लाख सहुलियतपूर्ण कर्जा वितरण गर्न बाँकी रहेको छ । चालु आर्थिक वर्षको लागि सरकारले करिब साढे २ खर्ब सहुलियतपूर्ण कर्जा वितरण गर्ने लक्ष्य राखेको थियो ।
समिक्षा अवधिमा सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा क्रमशः वाणिज्य बैंक, विकास बैंक र लघुवित्तहरु रहेका छन् । समिक्षा अवधिमा वाणिज्य बैंकहरुले ७१ अर्ब २७ करोड ५८ लाख, विकास बैंकले १० अर्ब ६ करोड २ लाख र फाइनान्सहरुले १ अर्ब २४ करोड ३४ लाख कर्जा वितरण गरेको छ । उक्त बैंक तथा वित्तीय संस्थाहरुले क्रमशः वाणिज्य बैंकले ४६ हजार ८१९ जना, विकास बैंकले ६ हजार ८४६ जना र फाइनान्सहरुले ६२२ जनालाई सुहलियतपूर्ण कर्जा प्रदान गरेको हो । वाणिज्य बैंक, विकास बैंक र लघुवित्तहरुले वितरण गर्न बाँकी कर्जाहरु भने क्रमशः ३७ अर्ब ७९ करोड ६० लाख, ४ अर्ब ५० करोड ७० लाख र ७६ करोड ७३ लाख रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा माग गरेकाहरुलाई दिएको जनाएको छ । सहुलियपूर्ण कर्जाका लागि प्रक्रिया पुरा गरी माग गर्नेले प्राप्त गरेका छन् , माग गर्न नआएको कारण कर्जा वितरण धेरै हुन नसकेको बैंकरहरु बताउछन् । सहुलियतपूर्ण कर्जा दुरुपयोग भएको हु्ँदा पर्याप्त अध्ययन गरी वितरण गर्नुपर्ने दायित्व बैंक तथा वित्तीय संस्थालाई रहेको छ अर्कोतर्फ सरकारले तोकेको मापदण्ड समेत पुरा हुनपर्ने हुँदा कर्जा वितरणमा चनाखो हुनपर्ने एक वाणिज्य बैंकका अधिकारी बताउछन् ।

पछिल्लो समय सहुलियतपूर्ण कर्जाको दुरुपयोग भएको भन्दै यसको सही सदुपयोगमा सरकारले जोड दिएको राष्ट्र बैंकका अधिकारीहरु नै बताउँछन् । अधिकारीहरुका अनुसार सहुलियपूर्ण कर्जा जसलाई वितरण गर्ने उसलाई मात्र र आवश्यकता अनुरुप वितरण गर्नुपर्ने बताउँछन् । सहुलियतपूर्ण कर्जा वास्तविक भन्दा पनि पहुँचका आधारमा वितरण गर्दा समस्या भएको विज्ञहरु बताउँछन् । विज्ञहरुका अनुसार वास्तविक उद्यमी तथा विदेशबाट फर्केका र महिला उद्यमी भन्दा पहुँचका आधारमा काम नगर्नेका लागि वितरण हुँदा समस्या भएको हो । ब्याज अनुदानमा वितरण गरिने सहुलियतपूर्ण कर्जाको सहि सदुपयोगले व्यक्तिहरुको आर्थिक क्षमतामा वृद्धि गर्नुका साथै मुलुकको आर्थिक अवस्थामा समेत सुदृढीकरण गर्न सहयोग पुग्ने विज्ञहरु बताउँछन् ।

Leave Your Comment

Related News