एनआईसी एशिया क्यापिटलले ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले शेयर धनीहरुलाई ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ।कम्पनीको साउन १६ गते सम्पन्न संचालक समितिको १४३औं बैठकले नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको हो । साथै समितिले आठौं वार्षिक साधारण सभा भदौ ११ गते मंगलबार एनआईसी एशिया क्यापिटल लिमिटेडको, रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ।

उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५२.५३ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्र्नेे लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्नेछ । छोटो समयमा नै ग्राहकहरु माँझ लोकप्रिय बन्दै गइरहेको यस एनआईसी एशिया क्यापिटलले सातौं वार्षिक साधारण सभा सम्म आउँदा १८७.४७ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भइसकेको छ भने आठांै वार्षिक साधारण सभामा पारितको लागि प्रस्ताव गरेको ५२.५३ प्रतिशत नगद लाभांश सहित २४० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ ।

साथै क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पुर्‍याउन ”अब लाईनमा होइन, क्यापिटलको सेवा Online मा” भन्ने मुल नाराका साथ अगाडी बढेको यस क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ को अन्त्य सम्ममा क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरु Onlineमार्फत लिन मिल्ने व्यवस्था मिलाइसकेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार