काठमाडौं । अभियान लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ११ जना संस्थापक सेयरधनीको नाममा रहेको ६७ हजार ३५० कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयरमा हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै बावेदन दिन पाउने कम्पनीले जनाएको छ । त्यसका लागि हाल कायम संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी वित्तीय संस्थाको केन्द्रीय कार्यालय पनौती ४, काभ्रेपलाञ्चोक वा सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं – १, नागपोखरी नक्सालमा सेयर कित्ता संख्या खुलाएर आवेदन दिनु पर्ने छ ।
तोकिएको समय भित्र संस्थापक सेयरधनीबाट निवेदन नआएमा प्रचलित नियमानुसार संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्रीका लागि आवश्यक कारवाही अघि बढाइने कम्पनीले जनाएको छ ।
कम्पनीले संस्थापक सेयर धनी पुष्प जेति ढुङ्गानाको नाममा रहेको ३३ हजार ५०० कित्ता, देव बहादुर पाख्रिनको नाममा रहेको ५ हजार कित्ता, दुर्गा बहादुर पाख्रिनको नाममा रहेको १ हजार कित्ता, रामप्रसाद पुडासैनीको नाममा रहेको ५ हजार कित्ता र गुण विक्रम कुबरको नाममा रहेको २ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । त्यस्तै श्रीलाल माझिको नाममा रहेको ९ हजार कित्ता, घनश्याम राउतको नाममा रहेको ५ हजार कित्ता, रमेश भण्डारकिो नाममा रहेको १ हजार ३५० कित्ता, जगन्नाथ नेपालको नाममा रहेको १ हजार कित्ता र प्रदिप लामिछानेको नाममा रहेको २ हजार ५००० कित्ता सेयर बिक्रीमा राखेको हो ।


