१६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य बढेको छ। बिहीबार छापावाल सुन प्रति तोला १६ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। बुधबार छापावाल सुन प्रति तोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज तेजावी सुन प्रति तोला १ लाख ३७ हजार ४५० रुपैयाँ प्रति तोला कारोबार भइरहेको छ।

चाँदीको मूल्य प्रति तोला २० रुपैयाँ बढेर १ हजार ८०० रुपैयाँ पुगेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार