CLI
Global College

मल्टीपर्पस फाइनान्सको साढे ३० हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले साढे ३० हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गरेर दुई दना संस्थापकको नाममा रहेको ३० हजार ५६७ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर खरिदका लागि कम्पनीका हाल कायम विद्यमान सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार संस्थापक सेयरधनी अनुज अग्रवालको नाममा रहेको १७ हजार ४६९ कित्ता र नारायण वाबु लोहनीको नाममा रहेको १३ हजार ९८ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन भित्र आवश्यक कागज प्रमाण संलग्न गरी यस वित्तीय संस्थाको कम्पनी सचिवको कार्यालयमा के कति कित्ता सेयर खरिद गरी लिनु हुने हो सोको व्यहोरा खुलाई निवेदन दिन भनिएको छ ।

संस्थापक सेयर खरिद गरी लिने सम्बन्धमा तोकिएको उक्त म्याद भित्र कायम संस्थापक सेयरधनीबाट निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई बिक्री गर्ने सम्बन्धी आवश्यक कारवाही अघि बढाईने समेत कम्पनीले जनाएको छ ।

 

Leave Your Comment

Related News