CLI

हाथवे इन्भेष्टमेन्टका सञ्चालक शिव सिंह कार्कीको राजीनामा स्वीकृत

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका सञ्चालक शिव सिंह कार्कीको राजीनामा स्वीकृत गरिएको छ ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन) र सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई पठाएको सूचनाअनुसार कम्पनीको सञ्चालक समितिको २३०औं बैठकले कार्कीको राजीनामा स्वीकृत गरेको हो ।

कार्कीले कार्यव्यस्तताका कारण सञ्चालक पदमा रही जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको जनाउँदै राजीनामा दिएका थिए ।

Leave Your Comment

Related News