रिलायन्स फाइनान्सको संस्थापक शेयर विक्रीमा

काठमाडौं । रिलायन्स फाइनान्सले संस्थापक समूहतर्फको शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । यसअघि कम्पनीले ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेगरी शेयर विक्रीमा ल्याएको थियो ।

कम्पनीले तोकिएको समयसम्म कुनै पनि संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेपछि उक्त शेयर सर्वसाधारण व्यक्ति वा संगठित संघसंस्थाले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

कम्पनीले प्रतिकित्ता शेयरमूल्य र शेयरसंख्याको बारेमा केहि खुलाएको छैन । शेयर खरीद गर्न इच्छुक आवेदकले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार