काठमाडौं । पछिल्लो समय सुनको मूल्य निरन्तर घटेको छ । मंगलबार, बुधबार घटेको सुनको मूल्य बिहीबार पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको हो । यो सँगै बिहीबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ तोकिएको छ । बुधबार भने २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आइतबार चाँदीको मुल्य १६० रुपैयाँले घटेको छ । यो सँगै बिहीबार लागि चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँ तोकिएको छ ।
बुधबार भने चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।


