CLI

विश्वकपको सेमिफाइनल: फ्रान्स र स्पेन तथा अर्जेन्टिना र इङ्गल्याण्ड,गोल्डेन बुटमा मेसी र एम्बाप्पेको कडा टक्कर

काठमाडौं । जारी फिफा विश्वकप २०२६ अब अन्तिम चरणमा प्रवेश गरेको छ। क्वाटरफाइनलका खेलहरू समाप्त भएसँगै यस पटक विश्वकपको उपाधि दौडमा रहने अन्तिम चार टोलीहरुको टुङ्गो लागेको हो। साविक विजेता अर्जेन्टिनासहित फ्रान्स, स्पेन र इङ्गल्याण्डले आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।

क्वाटरफाइनल खेलहरुमा टोलीहरुबीच निकै कडा प्रतिस्पर्धा देखिएको थियो। फ्रान्सले मोरक्कोको २-० ले हराउँदै सेमिफाइनलको यात्रा पक्का गर्‍यो। अर्कोतर्फ, स्पेनले बेल्जियममाथि २-१ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो। यी दुई युरोपेली टोलीबीचको पहिलो सेमिफाइनल भिडन्त जुलाई १५ मा नेपाली समय अनुसार बिहान १२:४५ बजे डालसस्थित प्रसिद्ध ‘डलास स्टेडियम’ मा हुनेछ ।

त्यस्तै, बाँकी दुई खेलहरुमा भने नतिजाका लागि थप समय कुर्नुपरेको थियो। इङ्गल्याण्डले नर्वेलाई  अतिरिक्त समयमा २-१ ले हराउँदै  सेमिफाइनल पुगे। अर्को खेलमा साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्याण्डलाई अतिरिक्त समयकै खेलमा ३-१ ले स्तब्ध पार्दै अन्तिम चारको यात्रा तय गर्‍यो। यी दुई टोलीहरूबीचको दोस्रो सेमिफाइनल खेल जुलाई १६ मा बिहान १२:४५ बजे एटलान्टाको ‘एटलान्टा स्टेडियम’  मा खेलिनेछ।

गोल्डेन बुटको दौडमा फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनेल मेसी समान ८-८ गोलसहित संयुक्त रुपमा शीर्ष स्थानमा छन्। नर्वेका अर्लिङ हालान्ड ७ गोलसहित तेस्रो स्थानमा रहे पनि नर्वे प्रतियोगिताबाट बाहिरिइसकेकाले अब मेसी र एम्बाप्पेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

यद्यपि, सेमिफाइनलमा स्थान बनाएको इङ्गल्याण्डका स्टार खेलाडीहरु जुड बेलिङ्घम र ह्यारी केनको पनि गोल्डेन बुटको दौडमा ६-६ गोलसहित बलियो सम्भावना कायमै रहेको छ। क्वटरफाइनलमा उत्कृष्ट प्रदर्शन गरेका बेलिङ्घम र थप गोल गर्दै मेसी र एम्बाप्पेलाई कडा चुनौती दिने र गोल्डेन बुट जित्ने अवसर अझै बाँकी छ। त्यस्तै, गोल गर्नका लागि पास मिलाउने शीर्ष असिस्टकर्ताको सूचीमा फ्रान्सकै माइकल ओलिसे ५ असिस्टसहित अग्रस्थानमा रहेका छन्।

Leave Your Comment

Related News