आइजिआइ र बालाजु अटोबीचनगदरहित दाबीका लागि सम्झौता

काठमाडौं । महिन्द्रा फोर व्हीलरको नेपालका लागि अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रा. लि र अग्नि हायेर पर्चेज प्रा. लि.ले नगदरहित दाबीका लागि आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग पनि सम्झौता गरेको छ ।

बालाजु अटो वर्कस प्रा लि कम्पनीका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, सर्भिस हेड शिवसुदन श्रेष्ठ, आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्झाैतामा हस्ताक्षर गरेका छन ।

सो अवसरमा आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सका  बागमती प्रदेश प्रमुख (उपत्यका भित्र) श्रीराम भण्डारी साथै गंगबु शाखा प्रबन्धक नरेन्द्र अधिकारीद्वारा अग्नि ग्रुप तथा आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।

यस समझौता पश्चात महिन्द्रा ग्राहकहरूले सवारी साधन मर्मत सम्भार वा बीमा दाबी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवाहरू पाउने छन ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार