सात महिनामा करिब साढे ७ लाख पर्यटक भित्रिए

काठमाडौं । चालू वर्ष २०२४ को पहिलो सात महिना (जनवरी–जुलाई)सम्म ६ लाख ४७ हजार ६ सय १५ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पयर्टन बोर्डका अनुसार सात महिनामा अवधिमा ६ लाख ४७ हजार ६ सय १५ पर्यटकले नेपाल भ्रमण गरेका हुन्। गत वर्ष २०२३ को सात महिनाको अवधिमा पाँच लाख ३४ हजार दुई सय सात र सन् २०२२ को सात महिनामा दुई लाख ८५ हजार तीन सय ६३ पर्यटक भित्रिएका थिए ।

पछिल्लो दुई वर्षको अवधिको तुलनामा चालु वर्षमा नेपाल भित्रिने पर्यटकको संख्या बढ्दो क्रममा देखिएको छ। गत वर्षको तुलनामा चालु वर्षमा पर्यटकको आगमन २१.२३ प्रतिशत अर्थात १ लाख १३ हजार ४०८ ले बढेको छ ।

कोभिड महामारी कम हुँदै गएपछि विदेशी पर्यटक आगमन संख्या पनि बढ्दै गइरहेको बोर्डको तथ्यांकमा देखिन्छ ।

यस वर्ष पहिलो महिना जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार चार सय २६, मार्चमा एक लाख २८ हजार एक सय ६७, अप्रिलमा एक लाख ११ हजार तीन सय ७६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार