CLI

नेपाल लाइफको कामु सीईओमा अमितकुमार कयाल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) अमितकुमार कयाललाई कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिने निर्णय गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली केही दिनका लागि बिदामा बस्ने भएकाले कम्पनीको दैनिक प्रशासनिक तथा आवश्यक व्यवस्थापकीय कार्य सञ्चालनका लागि कयाललाई कामु सीईओको जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ।

सञ्चालक समितिको निर्णयअनुसार कयालले साउन ४ गतेदेखि साउन २८ गतेसम्म कामु प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।

हाल कयाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन्।

Leave Your Comment

Related News