कोशी र गण्डकी प्रदेशमा भारी बर्षा हुने

काठमाडौं ।मौसम पुर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र  साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको महाशाकाले जनाएको छ  ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार आज रातमा भने  देशभर आंशिक देखि साधारणतया बदली रहने छ   । कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी र गण्डकी प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ साथै मधेश र कोशी प्रदेशको तराईका केही स्थानहरुमा  हावाहुरीको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार