काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक आर्थिक वर्ष २०८२\०८३ को चैथो त्रैमासम्मको वित्ती विवरण सावर्जनक गरेको छ । बैंकको नाफा घटेको छ । बैंकको नाफा घटनुमा ब्याज आम्दानि ,सन्चालन आम्दानी बढेकोले नाफा बढेको छ ।
सन्चालन आम्दानी आम्दानी र ब्याज आम्दानीमा आएको गिरावटले बैंकको नाफा प्रभावित भएको देखिन्छ।
गत असार मसान्तसम्ममा बैंकले ९८ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो। यो नाफा अघिल्लो आवको तुलनामा १ अर्ब २३ करोड ४० लाख रुपैयाँले कम हो । अघिल्लो आवमा कम्पनीको नाफा १ अर्ब २३ करोड ४० लाख ५ हजार रुपैयाँ थियो ।
बैंककोले १ अर्ब ४४ करोड ६६ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २३.८९ प्रतिशतले कम हो ।अघिल्लो आवमा १ अर्ब ९० करोड रुपैयाँ थियो ।
त्यस्तै, खुद सञ्चालन आम्दानी पनि घटेर १ अर्ब ७१ करोड ७५ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी २ अर्ब १० करोड ५३ लाख रुपैयाँ रहेको थियो।
बैंकको निक्षेप ७ अर्ब ६८ करोड ९० लाख रुपैयाँबाट बढेर ७ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ३१ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
बैंकको निष्क्रिय कर्जा शून्य प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ५.७१ बाट घटेर ४.५७ रुपैयाँमा कायाम भएको छ। प्रतिसेयर नेटवर्थ पनि ११८.८८ बाट घटेर ११७.२२ रुपैयाँमा कायम भएको छ।


