CLI

अन्तिम समयमा बढ्यो नेप्से, ४९ करोड ४० लाखले घट्यो कारोबार

काठमाडौं । बुधबार घटेको शेयर बजार बिहीबार बढेको छ । बिहीबार अन्तिम समयमा आएर नेपाल स्टक एक्सचेञ्ज नेप्से १४.१७ अंकले बढेर २७२६.७२ विन्दुमा पुगेर बन्द भएको हो ।
बुधबार १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा पुगेर बन्द भएको थियो ।

बिहीबार सेन्सेटिभ इन्डेक्स ०.९८ अंकले बढेर ४७१.३० विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.७७ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.२९ अंकले बढेको हो ।

बिहीबार ३३८ वटा कम्पनीको १ करोड ७७ हजार २२२ कित्ता शेयर खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ६९ करोड ३४ लाख पुगेको छ । जुन बुधबारको तुलनामा ४९ करोड ४० लाखले कम हो ।

बुधबार ३४६ वटा कम्पनीको १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब १८ करोड ७४ लाख पुगेको थियो ।

यसदिन ११ वटा उपसमूह बढ्दा २ वटा उपसमूह सबै घटेको छ । बैंकिङ ६, विकास बैंक ४३, वित्त ७,होटल र पर्यटन ७४ , जलविद्युत ४२, जीवन बीमा ३६, उत्पादन र प्रशोधन ३५, लघुवित्त ६, म्युअुचल फण्ड ०.११, निर्जीवन बीमा ७१ र व्यापार ८७ अंकले बढ्दा लगानी ०.४२ र अन्य समूह २ अंकले घटेको हो ।

यसदिन १५३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १११ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १२ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

यसदिन सर्वाधिक कमाउनेमा एभरेष्ट कलर, स्नो रिभरस लिमिटेड,अपोल हाइड्रो र शिखर डेभलपमेन्ट पावर रह्यो भने सर्वाधिक गुमाउनेमा कुथेली बुक्खाहरि स्मल हाइड्रो, बुगांल हाइड्रो र रिल्यान्स स्पिीङ मिल्स रह्यो ।

एभरेष्ट कलरको १५ प्रतिशत, स्नो रिभरस लिमिटेडको १४ प्रतिशत,अपोल हाइड्राको ११ प्रतिशत र शिखर डेभलपमेन्ट पावरको ८ प्रतिशतले शेयर मूल्य बढेको हो भने सर्वाधिक गुमाउनेमा कुथेली बुक्खाहरि स्मल हाइड्राको १५ प्रतिशत, बुगांल हाइड्रोको १० प्रतिशत र रिल्यान्स स्पिीङ मिल्सको ४ प्रतिशतले शेयर मूल्यमा गिरावट आयो ।

Leave Your Comment

Related News