RE
Global College

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफासँगै प्रति शेयर आम्दानी बढ्यो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा बढेको छ। बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो।

गत आव बैंकले ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आव २०७९/८० मा बैंकको खुद नाफा ३ अर्ब ७२ करोड ८ लाख रुपैयाँ थियो ।
अघिल्लो आवको तुलनामा गत आवमा बैंकको नाफा १ अर्ब ४७ करोड ७४ लाख रुपैयाँ अर्थात ३९.७१ प्रतिशत बढी हो।

बैंकको ब्याज आम्दानी, खुद फि आम्दानी तथा कमिशन, कुल सञ्चालन आम्दानी बढ्दा त्यसको प्रभाव खुद आम्दानीमा देखिएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। प्रतिशेयर आम्दानी ४.३३ रुपैयाँ बढेर १५.२३ रुपैयाँ पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५ गुणा रहेको छ। नाफा बढे पनि बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ४३ करोड रुपैयाँ ऋणात्मक रहेको छ।

NECO

Leave Your Comment

Related News