CLI

लक्ष्मी सनराइज बैंकको खुद नाफा ७५ करोडले बढ्यो

काठमाडौं ।लक्ष्मी सनराइज बैंकको खुद नाफा बढेको छ। बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा बढेको देखिएको हो।

बैंकले गत आब ३ अर्ब ३ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आव २०७९÷८० मा बैंकको खुद नाफा २ अर्ब २८ करोड ५२ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा ७४ करोड ९३ लाख रुपैयाँ अर्थात ३२.७९ प्रतिशतले बढेको छ।

बैंकको ब्याज आम्दानी, खुद फि आम्दानी तथा कमिशन, कुल सञ्चालन आम्दानी बढ्दा त्यसको प्रभाव खुद आम्दानीमा देखिएको छ। अघिल्लो आवको तुलनामा बैंकको खुद ब्याज आम्दानी १०३.९७ प्रतिशतले बढेको छ।

बैंकको प्रतिशेयर आम्दानी २.५४ रुपैयाँले १३.९ रुपैयाँ पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७५.८० रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.३७ गुणा रहेको छ। बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ छ।

Leave Your Comment

Related News