सुनको मूल्यमा इँतिहास कायम पुग्यो तोलामै डेढलाख

काठमाडौं । आज सामेबार सुनको मुल्यले ‘रेकर्ड ब्रेक’ गरेको छ । आइतबार तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेर तोलाको १ लाख ५० हजार रुपैयाँ पुगेको हो । नेपाली बजारमा आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २८ हजार ६०० रुपैयाँ तोकिएको छ ।

आज सोमबार चाँदीको मूल्य तोलाको १ हजार ७८५ सय रुपैयाँमा स्थिर छ । आज १० ग्राम चाँदीको मूल्य १ हजार ५३० रुपैयाँ ५० पैसा तोकिएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार