काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ थियो ।
आज चाँदी पनि १३५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ४४५ रुपैयाँ थियो ।


