CLI

एक अर्ब ८९ करोडभन्दा बढीको हुन्डी कारोबार गर्ने राजेन्द्रप्रसाद रिजाल पक्राउ

काठमाडौं । १ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको अवैध हुन्डी कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले धादिङका राजेन्द्रप्रसाद रिजाललाई काठमाडौँबाट पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो  ले पाएको गोप्य सूचनाका आधारमा शङ्कास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्दा रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा ठूलो रकम हुन्डीमार्फत कारोबार गरेको खुलेको हो।

ब्यूरोका अनुसार रिजालले व्यक्तिगत खाता प्रयोग गरी १,८९,६५,३९,४५४ रुपैयाँ  (एक अर्ब उनानब्बे करोड पैंसठ्ठी लाख उन्चालीस हजार चार सय चौवन) बराबरको रकम अवैध रूपमा हुन्डीमार्फत कारोबार गरेको देखिएको छ।

काठमाडौँ जिल्ला अदालतबाट साउन १२ गते पक्राउ अनुमति लिई सिआइबीले धादिङको सत्मदेवी-८ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका-८ बस्ने ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाललाई नागार्जुन-८, राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।

Leave Your Comment

Related News