काठमाडौं । कोशीको सुनसरी जिल्ला र मधेस प्रदेशमा दुई समुदायबिचकाे दङ्गा बढ्दै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले दुवै प्रदेशका सांसदहरूलाई बोलाएका छन्।
अहिले सवा चार बजे संसदीय दलको कार्यालय सिंहदरबारमा छलफलका लागि सांसदहरूलाई बोलाइएको एक सांसदले जानकारी दिए।
‘कोशी र मधेस प्रदेशका सांसदहरूलाई छलफलका लागि सभापतिले बोलाउनुभएको छ । सायद पछिल्लो घटनाबारे छलफल गर्न होला’, ती सांसदले भने।
संसद् बैठक सकिएपछि केही सांसदहरूले सभापति लामिछानेलाई भेटेर घटनाबारे जानकारी गराएका थिए । संवेदनशील अवस्थामा गृहमन्त्री सुधन गुरुङले मार्ग प्रशस्त गरेर समस्याको समाधान गर्नुपर्नेमा सभापतिलाई सुझाव दिएको बुझिएको छ।


