CLI

बैंकिङ कसुर मुद्दामा संलग्न रहेका चार जना पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा मुद्दामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तिनकुने बस्ने बैतडी घर भएकी ४० वर्षीया रश्मी पन्त, रूपन्देही सिद्धार्थनगर नगरपालिका-८ बस्ने गुल्मी घर भएका ४४ वर्षीय सन्तोष ज्ञवाली, रूपन्देही सिद्धार्थनगर नगरपालिका-७ बस्ने गुल्मी घर भएका ४१ वर्षीय राजेन्द्र श्रेष्ठ र रूपन्देही तिलोत्तमा नगरपालिका-४ बस्ने ४८ वर्षीय शिशिर पौडेल रहेका छन् ।

उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिई केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave Your Comment

Related News