काठमाडौं । देवानगञ्ज गाउँपालिका-३, कसानगञ्जमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका परिवार र गृह मन्त्रालयबीच ७ बुँदे सहमति भएको छ। गृह मन्त्रालयमा दुवै पक्षबीच भएको वार्तामा पीडित पक्षका मागहरू यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ।
गृहमन्त्री सुधन गुरुङ र मृतकका अभिभावकहरू (देवदेव र नरेश मेहता) बीच भएको सम्झौता अनुसार सरकारले निम्न बुँदाहरुमा सहमति जनाएको छ । घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ।



