CLI

एक्स’मा किर्तिमानी लक्ष्य सार्वजनिक पछि ब्रोड पिकमा हिमपहिरो: निर्मल पूर्जासहित १० आरोही बेपत्ता

काठमाडौं । विश्वविख्यात किर्तिमानी पर्वतारोही निर्मल पूर्जा (‘निर्म्स दाइ’) ले पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहण गर्नुअघि सामाजिक सञ्जाल ‘एक्स’  मा एक भावुक र महत्त्वाकांक्षी सन्देश पोस्ट गरेका थिए। बिना अक्सिजन विश्वका १४ वटै ८ हजार मिटरभन्दा अग्ला हिमाल दुई-दुई पटक आरोहण गर्ने इतिहासकै पहिलो व्यक्ति बन्ने आफ्नो लक्ष्य रहेको सार्वजनिक गर्दै उनले लेखेका थिए— “मिशन बदलियो। दिशा स्थिर छ।”

तर, उक्त घोषणाको केही समयमै बिहीबार मध्याह्न ब्रोड पिकमा गएको भीषण हिमपहिरोका कारण निर्मल पूर्जासहित १० जना अन्तर्राष्ट्रिय आरोहीको टोली सम्पर्कविहीन बन्न पुगेको छ।

आरोहणअघि एक्स (X) मा पूर्जाले के लेखेका थिए?

पूर्जाले आफ्नो पोस्टमा सुरुमा ग्यासरब्रुम-२  मात्र आरोहण गर्ने योजना भए पनि पाकिस्तान प्रस्थान गर्नुअघि हिसाब गर्दा ब्रोड पिक पूरा गरेमा बिना अक्सिजन १४ वटा हिमाल दोहोर्‍याएर चढ्ने किर्तिमानका लागि ‘चो ओयु’ मात्र बाँकी रहने महसुस भएको बताएका थिए।

आफ्नो आलोचना गर्नेहरूलाई जवाफ दिँदै उनले लेखेका थिए:

“मेरो एकमात्र युद्ध हिजोको म आफैँसँग हो। अरूले के गरिरहेका छन् वा भनिरहेका छन् भनेर हेर्न थालियो भने आफ्नै लक्ष्यबाट भड्किइन्छ। मानिसहरूले आलोचना गरे तापनि मैले सुन्न छाडिदिएको छु। ब्रोड पिकसँग म सुरक्षित रूपमा माथि जाने र फर्कने बाटोबाहेक अरू केही माग्दिनँ।”

Leave Your Comment

Related News