काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला १ हजार रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बहिबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ थियो ।
आज चाँदी भने ४० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ । बहिबार चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँ थियो


