CLI

पाकिस्तानमा हिमपहिरो: ओमान र नेपालका पर्वतारोहीको शव भेटियो

काठमाडौं । अल्पाईन क्लब अफ पाकिस्तान  ले १० सदस्यीय टोलीमा छ जना नेपाली पर्वतारोही, एक जना पाकिस्तानी, एक जना ओमानी, एक जना अमेरिकी र एक जना चिनियाँ पर्वतारोही रहेको जनाएको छ। नेपालका पर्वतारोहीहरूमा पुर्जा, पुर बहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पाको पहिचान भएको थियो। बाँकी पर्वतारोहीहरूमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका साखी, चीनका वाङ जोङ र संयुक्त राज्य अमेरिकाकी म्यालोरी गाइस रहेको उल्लेख गरिएको छ।

अल्पाईन क्लब अफ पाकिस्तानका अध्यक्ष मेजर जनरल इरफान अर्शदले ‘डन’ लाई चारवटा शव भेटिएको बताए। उनले मृतकहरू मध्ये दुई जनाको शव पहिचान भएको जनाए। पहिचान भएकाहरूमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुर बहादुर गुरुङ रहेका छन्।”

एजेन्सी

Leave Your Comment

Related News