काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दूरसञ्चारसम्बन्धी कसुरको अनुसन्धानका क्रममा बिहीबार राति ललितपुरको धापाखेलबाट भण्डारीलाई पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक अनुपम शमशेर जबराका अनुसार पक्राउ परेका भण्डारीलाई आज जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरी थप अनुसन्धान अघि बढाइने तयारी गरिएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।


