काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ८ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ थियो ।
आज चाँदी पनि ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ३१५ रुपैयाँ थियो ।


